अहिले चलिरहेको विषम परिस्थितिमा पनि अनलाइन बाटै कुइज प्रतिस्पर्धा, साहित्य प्रतिस्पर्धा, फोटोग्राफी प्रतिस्पर्धा, पब्जि प्रतिस्पर्धा आदि गर्दै आबद्ध गराइरहेका छम।
अब विभिन्न विश्वविद्यालयका अनलाइन कक्षा सरु भएकाले अब शैक्षिक कार्यक्रमलाइ अगाडि बढाउने विचार गरेका छम। शैक्षिक कार्यक्रम अन्तर्गत हामी अनलाइन टक कार्यक्रम गर्ने विचार गरेकाछम। यस अनलाइन टक कार्यक्रममा छलफल हुने विषय यसप्रकार छन् :
१) अनलाइन कक्षाको प्रभावकारिता र अनुभव,
२) कोभिड -१९ मा इन्जिनियरिङ र यस पछिको इन्जिनियरिङ तयारी,
३) कोभिड-१९ का कारण रोकिएका परीक्षा र तिनका सम्भावना,
४) आन्तरिक मुल्यांकनको परिभाषा,
५) अन्तिम वर्षका विधार्थी र बियाक रहेकालाई यो परिस्थितिमा सुजाब सल्लाह,
कार्यक्रम मिति : २०७७/ ५/ २० शनिबार
कार्यक्रम समय : दिउँसो १२ बजे