विज्ञ सहितको समितिले सिफारिस गरेको सुझावका आधारमा त्रिविले परीक्षा कार्यक्रम अघिसारेको भए पनि परीक्षाका विषयमा भदौ दोस्रो साता मात्र निर्णय गर्ने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले केही संकायको परीक्षा भदौको दोस्रो हप्ताबाट सञ्चालन गर्ने सूचना जारी गरेको भए पनि विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै परीक्षाको विषयमा पछि निर्णय लिने जनाएको छ । त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै अझै केही समय परीक्षाका विषयमा त्रिवि मौन बस्न बाध्य भएको बताए । पछिल्ला केही दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएको र बाढी पहिरोले गम्भीर असर पारेको कारण केही दिन परीक्षा सर्नसक्ने त्रिविले जानकारी दिएको छ ।