इन्टरनेट गुणस्तरहीन भएको भन्दै दूरसञ्चार प्राधिकरणमा उजुरी नै उजुरी…

इन्टरनेट सेवाप्रदायक कम्पनीले शर्त बमोजिम सेवा उपलब्ध नगराएको भन्दै प्राधिकरणमा उपभोत्ताका दिनहूँ आधा दर्जन भन्दा बढी सेवाप्रदायक विरुद्ध उजुरी पर्ने गरेका छन् । उपभोक्ताका दैनिक उजुरी पर्दा पनि नियामकको अनुगमन शुन्य छ ।
बिशेषगरी उपभोक्ताले नेपालमा पछिल्लो समय एकाधिकार जमाएका वल्र्डलिंङ्क कम्युनिकेसन, भायानेट, क्लासिकटेक र सुविसुले गुणस्तरहीन इन्टरनेट सेवा दिएको बताएका छन् ।
साना इन्टरनेट सेवाप्रदायकको गुनासो भने प्राधिकरणमा आइनपुग्ने प्राधिकरणकै अधिकारीहरु बताउँछन् । पछिल्लो समय नेपालमा इन्टरनेट सेवा खस्किएको बताउँदै चौतर्फि विरोध भइरहेको छ । इन्टरनेट सेवाप्रदायकहरु भने मौन छन् । 
नेपाल दूरसञ्चार प्राधिकरणका एक अधिकारीले सबैभन्दा बढी भयानेट र वल्र्डलिंङ्क विरुद्ध उजुरी परेको बताए । ‘इन्टरनेट सेवामा बढी समस्या लकडाउनपछि नै आएको र प्राधिकरणको अनुगमन टोलिले सेवाप्रदायकको गुनासो अनुसारनै कम्पनीहरुको अनुगमन गरिरहेको छ’ ती अधिकारीले भने । उनका अनुसार भायानेट वल्र्डलिंकलाई लिखित रुपमै इन्टरनेट सेवाको गुणस्तर खस्किको बिषयलाई ध्यानाकर्षण गराउँदै पत्र पठाइएको छ । 
इन्टरनेट सेवाप्रदायकले लकडाउनमा बढी इन्टरनेट खपत भएको भन्दै मागलाई धान्न नसक्ने बताउँदै आएका थिए । प्राधिकरणले थप व्यान्डवीथ खरिद गर्न निर्देशन दिएर सेवालाई परिपूर्ति गरेको थियो । लकडाउनदेखि नै इन्टरनेट सेवाप्रदायक कम्पनीले गुणस्तर सुधार्न सकेका छैनन् । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *